Logo

मंगलवार, भाद्र ९ गते २०८३

पहिलो चरणमा प्रदेश–२, गण्डकी, लुम्बिनी र कर्णाली, दोस्रो चरणमा बाँकी प्रदेशमा निर्वाचन गर्ने निर्णय

पहिलो चरणमा प्रदेश–२, गण्डकी, लुम्बिनी र कर्णाली, दोस्रो चरणमा बाँकी प्रदेशमा निर्वाचन गर्ने निर्णय


पहिलो चरणमा प्रदेश–२, गण्डकी, लुम्बिनी र कर्णाली, दोस्रो चरणमा बाँकी प्रदेशमा निर्वाचन गर्ने निर्णय

काठमाडौं । मन्त्रिपरिषद्ले पहिलो चरणमा प्रदेश नम्बर–२, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरेको छ ।

आउँदो वैशाख १७ गते ती प्रदेशका ४० जिल्लामा पहिलो चरणको निर्वाचन गर्ने निर्णय भएको कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले जानकारी दिइन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दोस्रो चरणमा प्रदेश नम्बर–१, वाग्मती र सुदूरपश्चिम प्रदेश गरी ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको उनको भनाइ छ ।

सरकारले गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै वैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आजै निर्वाचन आयोगसँग चुनावको तयारीबारे परामर्श गर्दै छन् । प्रधानमन्त्री केहीबेरमा आयोग पुग्दै छन् ।

कामना न्यूज

  • मंगलवार, माघ २७ २०७७०१:२३:१७
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक