काठमाडौं । नेकपाभित्र राजनीतिक आरोपप्रत्यारोप बढ्दै जाँदा सरकारले आक्रामक निर्णय गर्दै गएको छ ।
राष्ट्रपतिलाई सेतो साडीको नांगो नाँच र बालकोट जाउ भनेर अशिष्ट भाषा प्रयोग गर्ने रामकुमारी झाँक्रीलाई पक्राउ गर्न निर्देशन गरिसकेको सरकारले प्रचण्ड र नेपाल समूहका शीर्ष नेताहरुलाई तह लगाउनेगरी विभिन्न निर्णय गरेको छ ।
संसद विघटनपछि प्रम ओली पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल र भीम रावलप्रति आक्रामक देखिएका छन् । यी नेताहरु पनि ओलीविरुद्ध आक्रामक देखिएका छन् । ओलीलाई काम गर्न नदिई असफल बनाएर सत्ताबाट फाल्न यी नेताहरु नै मुख्य रुपमा लागेको बालुवाटारको ठहर छ ।
इगो राख्ने बानी भएका ओलीले प्रचण्ड र माधवलाई प्रमको कुर्सीमा बस्न नदिने प्रण लिएका छन् । यस्तोमा आगामी चुनाव सफल पार्न तथा त्यसअगाडि उनीहरुविरुद्ध प्रतिकूल माहोल बनाउन ओलीले उनीहरुका जिल्लाको प्रहरी प्रमुख फेरेका छन् ।
प्रचण्ड-माधव समूहका शीर्ष नेताले निर्वाचनलाई प्रभावित पार्न सक्ने र आफू अनूकुल धाधली गर्न सक्ने अनुमान गर्दै ओलीले प्रहरी प्रमुख फेरेका हुन् ।
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि ओली सरकारले प्रचण्डको गृह जिल्ला चितवनमा एसपी ओमप्रसाद अधिकारीलाई खटाएको छ ।
त्यसैगरी रावलको गृहजिल्ला अछाममा डीएसपी तुलसीराम अर्याललाई खटाउने निर्णय आज भएको छ । यो निर्णयले स्वच्छ निर्वाचन हुन्छ हुँदैन थाहा छैन तर प्रचण्ड र रावललाई आफूनिकट मान्छे प्रहरी प्रमुख नहुँदा विगतजस्तो सहज भने हुने छैन ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक