Logo

मंगलवार, भाद्र ९ गते २०८३

खलपात्रका विरुद्ध बोल्न पाइन्छ, पदको लिङ्ग हुँदैन :- रामकुमारी झाँक्री

खलपात्रका विरुद्ध बोल्न पाइन्छ, पदको लिङ्ग हुँदैन :- रामकुमारी झाँक्री


खलपात्रका विरुद्ध बोल्न पाइन्छ, पदको लिङ्ग हुँदैन :- रामकुमारी झाँक्री

काठमाडौँ – नेकपा नेतृ रामकुमारी झाँक्रीले राज्यका खलपात्रका विरुद्ध बोल्नबाट कसैले रोक्न नसक्ने बताएकी छन् ।

संघीय र राजधानी काठमाडौँमा आज आयोजित नेकपा प्रचण्ड–माधव समूहको जनसभामा बोल्दै झाँक्रीले सार्वभौम नागरिकलाई कसैले रोक्न नसक्ने बताइन् । उनले आफूले राष्ट्रपतिका विरुद्ध बोलेको नभई संविधान विरुद्ध प्रधानमन्त्रीको कदममा साथ दिएकोले प्रवृत्तिको विरोध गरेको जिकिर गरिन् ।
उनले आफ्नो मन्तव्यको ‘बोल्न पाइन्छ’ भन्दै सुरु गरेकी थिइन् । उनले प्रधानमन्त्री ओलीलाई ‘जङ्गी कागजी बादशाह’ को संज्ञा दिइन् ।

झाँक्रीले राष्ट्रपति संस्थाप्रति आफ्नो सम्मान रहेको र आफ्नो शिर रहेको बताइन् । उनले प्रधानमन्त्री ओलीलाई अहंकारी र सनकी व्यक्ति भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले तिनै प्रधानमन्त्रीलाई साथ दिएको आरोप लगाइन् ।

उनले खलपात्र विरुद्ध बोल्दा महिला अस्तित्वको विरोध नहुने जिकिर गरिन् । उनले भनिन्, ‘पदको कुनै लिङ्ग हुँदैन । कसले भन्छ खलपात्रविरुद्ध बोल्दा महिला अस्मिताको विरुद्ध हुन्छ रु’

उनले प्रतिनिधिसभा पुनस्र्थापित नभए ‘कानुनमा नलेखिएको प्रधानमन्त्रीको अचम्मको अधिकार मात्रै’ बाँकी रहने बताइन् ।

झाँक्रीले विशाल जनसभामा केपी ओली व्यक्तिको विरोधमात्रै नभई अब उप्रान्त राजनीतिमा ओली प्रवृत्ति नदोहोरिने प्रतिबद्धता जनाउन अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई आग्रह गरिन् ।

कामना न्यूज

  • बुधवार, माघ २८ २०७७०३:१९:२५
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक