Logo

मंगलवार, भाद्र ९ गते २०८३

ओलीविरुद्ध डाडु–पन्यू लिएर सडकमा आउन देशभरका महिलालाई आह्वान

ओलीविरुद्ध डाडु–पन्यू लिएर सडकमा आउन देशभरका महिलालाई आह्वान


ओलीविरुद्ध डाडु–पन्यू लिएर सडकमा आउन देशभरका महिलालाई आह्वान

२८ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ अमृता थापा मगरले प्रतिनिधिसभा विघटनविरुद्ध डाडु पन्यू लिएर उठ्न देशभरका महिलाहरुलाई आह्वान गरेकी छन् ।

महिलालाई राजनीतिमा न्यूनतम ३३ प्रतिशत उपस्थिति ग्यारेन्टी गर्नुका साथै राष्ट्रपति–उपराष्ट्रपति, सभामुख–उपसभामुख र स्थानीय तहमा प्रमुख–उपप्रमुख मध्ये एक महिला हुनुपर्ने व्यवस्था गरेको संविधान महिलाहरुका लागि प्राणभन्दा प्यारो भएको उनले बताइन् ।
प्रतिनिधिसभा विघटन गरेर त्यो संविधानमाथि प्रहार भएको भन्दै उनले प्रतिगमन नसच्चिएसम्म सेल्फ डिफेन्स तालिम लिन र डाडु–पन्यौं–चुलेसी लिएर उठ्न महिलाहरुलाई आग्रह गरिन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहले बुधबार काठमाडौंमा आयोजना गरेको आमसभामा अखिल नेपाल महिला संघ ९अनेमसंघ० की अध्यक्ष समेत रहेकी थापाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रश्न गरिन् ।

२३ माघमा सभा गर्दै केपी शर्मा ओलीले आँसु चुहाउँदै पार्टीले मलाई काम गर्न दिएन भनेको भन्दै उनले केन्द्रीय कमिटीको बैठक बोलाइसकेको अवस्थामा संसद हठात् किन विघटन गर्नुभयो रु भनेर प्रश्न गरिन् । उनले अघि भनिन्, ‘संसदीय दलको बैठक राखेर म अप्ठ्यारोमा परेँ, मलाई सहयोग गर्नुस् भनेर किन भन्नु भएन

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक