काठमाडौं – पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी ९प्रचण्ड–नेपाल समूहको नेकपा० का नेता झलनाथ खनालले आन्दोलनको आवाज सुनिएन भने ६२र६३ सालको भन्दा ठूलो आगो दन्कने बताएका छन् ।
आज (बुधवार) काठमाडौंमा प्रचण्ड–नेपाल समूहको नेकपाले आयोजना गरेको विरोध सभामा बोल्दै उनले ओलीको तानशाहविरुद्ध सडकमा आगो दन्किने बताएका हुन् ।
उनले केपी शर्मा ओली र समर्थक साथीहरुलाई विरोध कार्यक्रम भइरहेको प्रदर्शनी स्थलमा हेर्न आउन समेत आग्रह गरे ।
‘केपी ओली र केपी ओलीका समर्थक साथीहरु आउनुस्, पदर्शनीस्थलमा आउनुस्, हामी देखाउँछौं, नेकपाको आवाज भनेको यो हो,’ उनले भने ।
उनले निर्वाचन आयोग कुन पार्टी आधिकारिक भएको भन्नेमा अलमल नपर्न पनि आग्रह गरे ।
‘कुन चाहिँ पार्टी आधिकारिक होला भनेर अहिले निर्वाचन आयोगलाई पनि सकस परेको छ तर, हाम्रा सम्मानित आयुक्तहरु अल्मलिने कारण केही छैन, आउनुस्, काठमाडौंका सारा सडकमा हाम्रो पार्टी पोखिएको छ,’ उनले भने, ‘योभन्दा कुनै पनि पार्टी नेपालमा आधिकारिक हुन सक्दैन ।’
उनले केपी ओली राजनीतिक र सैद्धान्तिक रुपमा पराजित भइसकेको आरोप लगाए । उनले केपी ओलीलाई आफ्नो भविष्यतर्फ विश्वास नरहेको बरु पशुपतिनाथमाथि विश्वास भएको समेत आरोप लगाए ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक