Logo

मंगलवार, भाद्र ९ गते २०८३

प्रचण्ड–माधव समूहको जनसभामा भाषण गर्दा अपाङ्गको भावनामा चोट पुर्याएको भन्दै चर्को विरोध

प्रचण्ड–माधव समूहको जनसभामा भाषण गर्दा अपाङ्गको भावनामा चोट पुर्याएको भन्दै चर्को विरोध


प्रचण्ड–माधव समूहको जनसभामा  भाषण गर्दा अपाङ्गको  भावनामा चोट पुर्याएको भन्दै चर्को  विरोध

काठमाडौँ – राजधानी काठमाडौँमा भइरहेको नेकपा प्रचण्ड–माधव समूहको जनसभामा वक्ताहरुले सरकारी कदमको विरोध गर्ने क्रममा अपाङ्गता भएका व्यक्तिहरुको भावनामा चोट पुग्ने गरी बोलेको भन्दै विरोध भएको छ ।

सभामा सहभागी अपाङ्गता भएका व्यक्तिहरुले मञ्चमा एउटा नोट पठाएर विरोध जनाएका हुन् । उक्त नोट कार्यक्रमका उद्घोषक लीलामणि पौडेलले पढेर सुनाएका थिए । नोटमा वक्ताहरुलाई शब्द प्रयोग गर्दा ध्यान दिन आग्रह गरिएको छ ।
त्यस्ता शब्दहरुले सभामा सहभागी अपाङ्गता भएका सयौँ व्यक्तिहरु दुःखी भएको नोटमा उल्लेख गरिएको छ ।

कतिपय वक्ताहरुले सरकारले असंवैधानिक कदम चालेको भनेर विरोध गर्ने क्रममा ‘अपाङ्ग, अन्धो, लङ्गडो’ जस्ता शब्द प्रयोग गरेका थिए ।
विरोध नोट पढेर सुनाएपछि उद्घोषक पोखरलले माफी मागेका थिए ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक