Logo

मंगलवार, भाद्र ९ गते २०८३

प्रचण्ड-नेपाल समुहका यी नेताद्वारा हिन्दु धर्ममाथि प्रहार, पशुपतिनाथको यसरि गरे धेरै ठुलो अपमान !

प्रचण्ड-नेपाल समुहका यी नेताद्वारा हिन्दु धर्ममाथि प्रहार, पशुपतिनाथको यसरि गरे धेरै ठुलो अपमान !


प्रचण्ड-नेपाल समुहका यी नेताद्वारा हिन्दु धर्ममाथि प्रहार, पशुपतिनाथको यसरि गरे धेरै ठुलो अपमान !

। पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का नेता रघुजी पन्तले हिन्दू धर्मलाई होच्याउने गरेर अभिव्यक्ति दिएका छन । पन्तको अभिव्यक्तिले हिन्दूधर्ममा आस्था राख्नेहरूको मन दुखेको छ ।
 
बुधबार काठमाडौंमा आयोजित नेकपाको विरोध सभालाई सम्बोधन गर्ने क्रममा नेता पन्तले राजा वीरेन्द्रको वंश र राजा ज्ञानेन्द्रको गद्दी जोगाउन नसक्ने पशुपतिनाथले केपी ओलीलाई जोगाउन नसक्ने बताए । 
उनले प्रतिनिधिसभा विघटनपछि पशुपतिनाथको दर्शन गर्न गएकोप्रति व्यङ्ग्य गर्दै नेता पन्तले यस्तो बताएका हुन् । 
पन्तले सधै सम्बोधन गर्दा सम्बोधनको अन्तिममा पशुपतिनाथले सबैको कल्याण गरुन भन्ने वीरेन्द्र र ज्ञानेन्द्रलाई जोगाउन नसकेको पशुपतिनाथले ओलीलाईसमेत नजोगाउने दाबी गरेका हुन् ।
प्रधानमन्त्री केपी ओली धेरैपछि पशुपतिनाथ जानुभयो । रुद्राक्षको माला लगाएर निस्कनुभयो । त्यहाँ गएर के बरदान माग्नु भयो थाहा छैन ।
एक अर्ब लाग्ने पशुपतिको जलारी राख्न २० करोड निकास अहिले नै गर्ने बताउनुभयो’, पन्तले भने, ‘मलाई राजा वीरेन्द्रको सम्झना भयो । बोल्दा अन्तिममा उनी सधै पशुपतिनाथले हामी सबैको कल्याण गरुन् भन्थे ।
सधैँ पशुपतिनाथले गुहार्ने राजा वीरेन्द्रको वंश नाश भयो । पशुपतिले कल्याण गरेनन् । राजा ज्ञानेन्द्रले सम्बोधनमा अन्तिममा पशुपतिनाथले कल्याण गरुन भन्थे । पशुपतिनाथले राम्रै कल्याण गरे नारायणहिटीबाट नागार्जुन पुर्यायो ।
नेता पन्तले नबोल्ने पशुपतिनाथको मूर्तीलाई भन्दा जनतालाई खुसी पार्न सुझाव दिएका हुन् । उनले जनता बोल्ने पशुपति भएकाले तिनलाई खुसी पार्न सुझाएका हुन् । 
पशुपतिले कृपा गर्ने भए वीरेन्द्रको वंश नाश हुने थिएन । सधैँ पशुपति गुहार्ने ज्ञानेन्द्रले गद्दी छोडेर जानु पर्ने थिएन’, उनले भने, ‘ओलीजी सुन्नुहोस् । त्यहा नबोल्ने पशुपतिनाथको मूर्ती होइन यहाँ बोल्ने पशुपतिनाथहरुलाई खुसी बनाउनुहोस् । जो यहाँ उपस्थित छन् ।
 

 

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक