काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रको विवादमा पूर्वमाओवादी हावी हुँदै जान थालेको छ । आज, काठमाडौंमा आयोजित प्रचण्ड-नेपाल समुहको भेलाले यो कुरालाई पुष्टि गरेको छ ।
संसद विघटनविरुद्ध काठमाडौंमा भएको प्रदर्शनपछिको विरोध सभाले कार्यक्रममा पूर्वमाओवादीको हावी छर्लंग पारेको हो । विरोधसभामा पूर्वमाओवादीतर्फका नेता पुष्पकमल दाहाल प्रचण्ड प्रमुखवक्ता थिए ।
त्यस्तै पूर्वमाओवादीकै लिलामणी पोखरेल कार्यक्रम सञ्चालक थिए भने, पूर्वमाओवादीकै हितबहादुर गुरुङ सभापति थिए ।
कार्यक्रममा मुख्य वक्ताका रुपमा पूर्वमाओवादीकै जयबुढा घर्ती, अञ्जना विशंखे, सन्तकुमार चौधरी, देव गुरुङ, जनार्दन शर्मा र नारायणकाजी श्रेष्ठ रहेका थिए ।
यसबाट संसदविघटनविरुद्धको आन्दोलन एवं विरोधसभामा पूर्वमाओवादीको हाबी छर्लंग भएको हो । पूर्वएमालेतर्फका केही नेताहरु कार्यक्रममा देखिए पनि उनीहरुलाई बोल्न स्थान दिइएन वा उनीहरुले बहिष्कार नै गरे ।
पूर्व एमालेका भानुभक्त जोशी कार्यक्रममा रहे पनि उनले भाषण गरेनन् । बोल्न नदिँदा उनले कार्यक्रम बहिष्कार गरे । त्यस्तै पूर्वएमालेका योगेश भट्टराई मञ्चमा भएपनि उनले पनि बोल्ने मौका पाएनन् । मौका नपाएपछि उनले मञ्च नै छाडे ।
पूर्वएमालेतर्फबाट मुख्य नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, रामकुरमारी झाँक्री र जिवनराम श्रेष्ठलाई भने माओवादीको हावी पन्छाउन खोज्ने सुरमा बोल्न स्थान दिइएको थियो ।
आज मात्रै हैन्, आउँदा कार्यक्रममा समेत पूर्वमाओवादी हाबी हुँदै जानसक्ने सम्भावनाको संकेत यो कार्यक्रमले गरेको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक