काठमाडौं । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ओलीलाई हटाएर आफू प्रधानमन्त्री बन्न पुष्पकमल दाहालले तथानाम बोल्दै हिडेको आरोप लगाएका छन ।
दाहालले प्रधानमन्त्री बन्ने दिवा सपना देखेको थापाले बताए । दाहालले धम्काउदैँमा अदालतले आफ्नो निणर्य नबदल्ने उनले बताएका छन ।
सल्लाहकार थापाले दाहाल–नेपाल पक्षले निर्वाचन आयोगलाई धम्काएको आरोप लगाउदैँ आयोगले कसैको धम्कीले नभई संबैधानिक तवरले काम गर्ने पनि स्पष्ट पारेका छन ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने, ‘दाहाल–नेपाल समूहले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई धम्कि दिएर यस्तो हुनैपर्छ नभए आँधी हुरी आउँछ भनेर भन्नु गलत हो, संबैधानिक निकायहरुले कानून र प्रमाण हेरर निर्णय गर्ने गरेका छन्, उहाँहरू कोहो यस्तो निर्णय हुनैपर्छ भन्ने ।
थापाले हिन्दुहरूको आस्थाको केन्द्र पशुपतिनाथमा जलारी लगाउने विषयमा पशुपति विकास कोषसँग रकम अपुग भएकाले प्रधानमन्त्री ओलीले सरकारकातर्फबाट सहयोग गर्ने निणय गरेको पनि जानकारी दिए ।
उनले माधव नेपालले धर्म संस्कृति, संविधान सबै मिचेको टिप्पणी पनि गरेका छन । उनले भने, ‘पाप र धर्मको हिसाब–किताब हुँदा माधव नेपाल सबैभन्दा पहिला नर्कमा जानुहुन्छ, उहाँ के पाप के धर्म भनेर फैसला गर्ने यमराज होइन, त्यसैले यसको फेसलाको जिम्मा ईश्वर मै छोडिदिए हुन्छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक