काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले आफ्नो समूहको आन्दोलन प्रचण्ड र माधब नेपाललाइ प्रधानमन्त्री बनाउन एउटा कुर्सिका लागि भएको बताएका छन् । बुधवार आयोजित विशाल जनसभामा खनालले प्रचण्ड र माधवलाई प्रधानमन्त्री बनाउनका लागि कुर्सीका लागि लडिरहेको बताए । उनले बोलेको यो भिडियो सामाजिक संजालमा सर्बत्र भाइरल भइरहेको छ ।
प्रचण्ड माधव समूहले प्रतिगमनविरुद्ध सडकमा आएको भने पनि झलनाथले वास्वतिक कुरा बताएर सबैलाई आशचर्यमा पारेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि त्यसलाई प्रतिगमन भन्दै यो समूह सडकमा छ ।
एक जना कार्यकर्ताले प्रचण्ड-नेपाल समूहको भेलालाई करायो करायो दक्षिणा हराएको संज्ञा दिएका छन् । उनले सामाजिक संजालमा लेखेका छन्, मार्झन्डे गुटको कुर्सीगमन भेला कस्तो रह्यो?
मैले हेरें त्यसका नेता नेतिनिहरु घाँटी सुक्नेगरी चिच्याउँदैथिए,केपि ओलिलाई न्वारनदेखिको बल लगाएर सराप्दै थिए तर,न त जनताको ताली थियो न त समर्थन । अर्थात नतिजा के भयो? करायो करायो दक्षिणा हरायो ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक