Logo

मंगलवार, भाद्र ९ गते २०८३

सर्वोच्चले संसद् पुनःस्थापना नगरे आन्दोलनले गर्छ : देव गुरुङ

सर्वोच्चले संसद् पुनःस्थापना नगरे आन्दोलनले गर्छ : देव गुरुङ


सर्वोच्चले संसद् पुनःस्थापना नगरे आन्दोलनले गर्छ : देव गुरुङ

नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका नेता देव गुरुङले प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर नगरे अहिलेको आन्दोलन जनविद्रोहमा परिणत हुनसक्ने बताएका छन्। शुक्रबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता गुरुङले सर्वोच्चले संसद् विघटनलाई बदर गरेमा प्रतिनिधि सभा स्वतः सुचारु हुने र नभए आन्दोलनको बलमा पुनःस्थापना हुने दाबी गरे।

‘प्रतिनिधि सभा विघटनकोे विरोधमा सबै दल, नागरिक समाज र मिडिया उभिएका छन्,’ उनले भने, ‘सर्वोच्चले संविधानअनुसार संसद् पुनःस्थापना गर्छ भन्ने विश्वास छ, नभए आन्दोलनले गर्छ।’

उनले वैशाखका लागि तोकिएको चुनाव संविधान विपरीत भएकाले त्यो हुनै नसक्ने जिकिर गरे।गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधि सभा विघटन भएपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ। प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्चमा विचाराधीन छ।

कामना न्यूज

  • शनिवार, फाल्गुन १ २०७७०७:५८:०४
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक