Logo

मंगलवार, भाद्र ९ गते २०८३

नेकपाको ओली समूहले आज बुटवलमा शक्ति प्रदर्शन गर्दै

नेकपाको ओली समूहले आज बुटवलमा शक्ति प्रदर्शन गर्दै


नेकपाको ओली समूहले आज बुटवलमा शक्ति प्रदर्शन गर्दै

काठमाडौँ नेकपाको ओली समूहले आज बुटवलमा शक्ति प्रदर्शन गर्दैछ ।

नेकपा लुम्बिनी प्रदेश कमिटीको आयोजनामा हुने सभामा अध्यक्ष ओलीलगायतका शीर्ष नेताले सम्बोधन गर्नेछन्। सभामा २ लाख जनता उतार्ने दावी ओली समूहले गरेको छ ।माघ २८ मा दाहाल-नेपाल समूहले काठमाडौँमा शक्ति प्रदर्शन गरेकै दिन मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्चालमा एकै प्रदेशको विशाल सभा कस्तो हुन्छ हेर्न बुटवल आउनु भन्दै कटाक्ष गरेका थिए ।

मध्याह्न १२ बजेपछि बुटवल–७ को सिद्धेश्वर माविको प्रांगणमा हुने सभाअघि र्‍यालीले नगर परिक्रमा गर्नेछ ।सभामा रूपन्देही जिल्लाबाट मात्रै एक लाख र अन्य जिल्लावाट एक लाख गरी २ लाख जनता भेला पार्ने ओली समूहका लुम्बिनी प्रदेशका इन्चार्जसमेत रहेका मुख्यमन्त्री पोखरेलले बताएका छन् ।पुस ५ मा प्रतिनिधिसभा विघटनपछि नेकपा विभाजित छ । ओली पक्षधरहरू चुनावी पक्षमा जनलहर देखाउन शक्ति प्रदर्शन गरिरहेको छ भने दाहाल(नेपाल समूह चुनावलाई चुनौती दिँदै प्रतिनिधिसभा पुनर्स्थापित हुन पर्ने मागसहित संघर्षमा छ ।

कामना न्यूज

  • शनिवार, फाल्गुन १ २०७७११:१२:५४
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक