नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टका हत्याराहरुलाई आफ्नो सरकारले पानीमुनिबाट पनि खोजेर पत्ता लगाउने दाबी गरेका छन्।
बुटवलमा आयोजित सभामा उनले बलात्कार र हत्यामा संलग्नहरुलाई केपी ओली सरकारले कुनै पनि हालतमा नछाड्ने दाबी गरेका छन्।
उनले प्रचण्ड-दाहाल समूह आफूबिरुद्ध गाली पुराणमा ओर्लिएको उल्लेख गर्दै उनीहरुले सत्ता हत्याउनमात्र चाहेको दाबी गरे।
उनले कोभिड भ्याक्सिनलगायत कोरोना रोकथाममा उल्लेख्य काम गरेको दाबी पनि बुटवलमा आयोजित सभामा गरे।उनले आफू नेतृत्वको पार्टीले ५० लाख समानुपातिक मत ल्याउने दाबी पनि गरेका छन्।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक