Logo

मंगलवार, भाद्र ९ गते २०८३

आफै सभा गर्दै हिँड्ने प्रधानमन्त्री भन्छन्, ‘कोभिडबाट जोगिन सामाजिक दूरी कायम गर्नुस्’

आफै सभा गर्दै हिँड्ने प्रधानमन्त्री भन्छन्, ‘कोभिडबाट जोगिन सामाजिक दूरी कायम गर्नुस्’


आफै सभा गर्दै हिँड्ने प्रधानमन्त्री भन्छन्, ‘कोभिडबाट जोगिन सामाजिक दूरी कायम गर्नुस्’

काठमाडौँ– पछिल्लो समय नेकपाका दाहाल–नेपाल पक्ष र प्रधानमन्त्री केपी शर्मा ओली पक्ष शक्ति प्रदर्शनको होडबाजीमा उत्रिएमा छन्।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि त्यसको विरोधमा नेकपा दाहाल–नेपाल पक्ष लगायत नेपाली कांग्रेस, जनता समाजवादी पार्टी सडक आन्दोलनमा छन्।त्यसलाई ‘काउण्टर’ दिन ओली समूहले देशभर सभा गरेर संसद विघटनको बचाउ गर्दै आएको छ।

आफै देशभर सभाहरु आयोजना गरेर हजारौँ मानिसहरु भेला गर्ने प्रधानमन्त्री ओलीले नै कोरोनाबाट जोगिन सामाजिक दूरी कायम गर्नुपर्ने पाठ पढाएका छन्।नेकपा ओली समूहले शनिबार बुटवलमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोनाबाट जोगिन सामाजिक दूरी कायम गर्नुपर्ने बताएका हुन्।उनले भने, ‘हामी कोभिडलाई पनि नियन्त्रण गर्दै जानेछौँ। जबसम्म नियन्त्रण हुँदैन, तबसम्म मास्क लगाउन, सामाजिक दूरी सकेसम्म कायम गर्न, सर्न नपाओस् भन्ने कुरामा ध्यान दिन, समय समयमा सफाइमा ध्यान दिन आग्रह गर्न चाहन्छु। कुनै लक्षण देखियो भने स्वाब परीक्षण गरिहाल्न अनुरोध गर्छु।’

कामना न्यूज

  • आइतवार, फाल्गुन २ २०७७०५:३०:११
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक