Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

प्रहरी निरीक्षक काफ्लेको नेतृत्वमा काठ तस्कर पक्राउ

प्रहरी निरीक्षक काफ्लेको नेतृत्वमा काठ तस्कर पक्राउ


प्रहरी निरीक्षक काफ्लेको नेतृत्वमा काठ तस्कर पक्राउ

४ फागुन, हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडा–१५ बाट सालको गोलिया बोक्ने अटोसहित २ जना पक्राउ गरेको छ ।पक्राउ पर्नेमा अटो चालक हेटौंडा–१५ का २४ बर्षीय बुद्ध लामा लोप्चन र अटोमा सवार स्थानीय २५ को बिक्रम रुम्बा रहेका छन् । 

149745076_1673709169474952_8556260132563304838_n.jpg

उनीहरुलाई ईलाका प्रहरी कार्यालय पशुपतीनगर मकवानपुरबाट प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटिएको प्रहरी टोलीले हेटौंडा–१५ स्थित चित्रपानी सामुदायिक बनवाट सालको गोलिया काटि प्रदेश ३–०३–००१ ह ०१४० नम्बरको अटोमा लुकाई छिपाई ओसारिरहेको अवस्थामा २.५० क्यु. फिट सालको काठसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई आवश्यक कारवाहीको लागी डिभिजन वन कार्यालय मकवानपुर पठाईएको छ । 

त्यस्तै प्रहरीले जंगलमा बेवारिसे अवस्थामा फेला पारेको २०.५४ क्यु फिट सालको काठ वन कार्यालयमै पठाईएको प्रहरीले जनाएको छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ