Logo

मंगलवार, भाद्र ९ गते २०८३

प्रदेशसभा १को बैठक रोक्न मुख्यमन्त्री राईको दबाब, सभामुखद्वारा अस्वीकार

प्रदेशसभा १को बैठक रोक्न मुख्यमन्त्री राईको दबाब, सभामुखद्वारा अस्वीकार


प्रदेशसभा १को बैठक रोक्न मुख्यमन्त्री राईको दबाब, सभामुखद्वारा अस्वीकार

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आजको संसद् बैठक रोक्न सभामखु प्रदीपकुमार भण्डारीलाई दबाब दिएका छन्। आज बिहान भएको छलफलमा मुख्यमन्त्री राईले यस्तो दबाब दिएका हुन्। सभामुखले भने अस्वीकार गरेका छन्। 

आज दुई बजेका लागि प्रदेशसभाको बैठक आह्वान भएको छ। यसअघि माघ २५ को बैठकमा अविश्वास प्रस्ताव टेबल हुने कार्यसूची थियो। सरकारी पक्षका सांसदको अवरोध भएपछि सभामुखले १४ दिन संसद् स्थगन गरेका थिए। त्यसयता मुख्यमन्त्रीले अविश्वास प्रस्ताव खारेज गर्न सभामुखलाई दबाब दिनेदेखि नेकपाको प्रचण्ड नेपाल पक्षलाई प्रस्ताव फिर्ता लिन अनुनय गरेका थिए।

तर, सभामुख र अर्को पक्षले मुख्यमन्त्रीको प्रस्ताव नमानेपछि बैठकमा सरकारी पक्षले अवरोध गर्दै आएको छ।

कामना न्यूज

  • आइतवार, फाल्गुन ९ २०७७१२:२३:३६
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक