Logo

मंगलवार, भाद्र ९ गते २०८३

प्रदेश १ , मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव पेश

प्रदेश १ , मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव पेश


प्रदेश १ , मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव पेश

विराटनगर– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव पेश भएको छ ।

आज ९आइतबार० बसेको प्रदेश संसद बैठकमा राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गरिएको हो ।उनीविरुद्ध इन्द्रबहादुर आङ्बोले अविश्वासको प्रस्ताव पेश गरेका हुन् । मुख्यमन्त्री राईविरुद्ध ३७ जना सांसदको हस्ताक्षर रहेको अविश्वासको प्रस्ताव पेश गरिएको छ ।

राईविरुद्ध प्रचण्ड–माधव समूहले १२ पुसमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।मुख्यमन्त्री राईविरुद्ध नेपालको संविधानको धारा १८८ ९४० तथा प्रदेशसभा नियमावली २०७४ को १२९ ९१० बमोजिम अविश्वासको प्रस्ताव पेश भएको हो ।

प्रचण्ड–नेपाल समूहले अविश्वासको प्रस्ताव पेश गरे पनि सत्ता पक्षका सांसदहरूले भने बैठक नै बहिष्कार गरेका थिए ।अविश्वास प्रस्ताव पेश हुनेबित्तिकै सभामुख प्रदीपकुमार भण्डारीले बैठक स्थगित गरेका थिए । अर्को बैठक फागुन २० गतेलाई राखिएको छ ।

कामना न्यूज

  • आइतवार, फाल्गुन ९ २०७७०८:५०:४०
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक