काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको बताएका छन्।
हाल उपचारको क्रममा भारतमा रहेका डा। भट्टराईले संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला लगत्तै ट्ववीट गरेर यस्तो टिप्पणी गरेका हुन्।
अदालतको फैसला सुन्दा आफ्नो रोग नै हराएको जस्तो भएको उनको भनाइ छ।
उनले ट्वीटरमा लेखेका छन्, ‘कस्तो सुखद संयोग१ अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदै गर्दा मन चाहिँ देशभित्र सर्वोच्चको फैसलातिर थियो१ हिन्दू मिथकको भष्मासुरलाई विष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो

-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक