Logo

बुधवार, भाद्र १० गते २०८३

प्रचण्ड -माधव समूहको संसदीय दलको बैठक बस्दै

प्रचण्ड -माधव समूहको संसदीय दलको बैठक बस्दै


प्रचण्ड -माधव समूहको संसदीय दलको बैठक बस्दै

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  प्रचण्ड -माधव समूहको आह्वानमा संसदीय दलको बैठक बुधबार बस्दैछ।

सर्वोच्च अदालतले मंगलबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटन बदर गरेपछि दाहाल–नेपाल समूहले संसदीय दलको बैठक बोलाएको हो।

अपरान्ह ४ बजेका लागि संसदीय दलको बैठक बोलाइएको दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते गरेको संसद विघटन असंवैधानिक ठहर गर्दै सर्वोच्चले बदर गरेको हो।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नेपालको प्राज्ञिक धरोहर: त्रि-चन्द्र बहुमुखी क्याम्पसको गौरवशाली १०९ वर्ष इतिहास

        डा डासुराम पौडेल, उप-प्राध्यापक नेपालको प्राज्ञिक क्रान्तिको सुरुआत नेपालमा आधुनिक शैक्षिक चेतना र प्राज्ञिक विकासको प्रस्थानबिन्दुका रूपमा रहेको त्रि-चन्द्र बहुमुखी क्याम्पसको इतिहास अत्यन्तै रोचक र