Logo

मंगलवार, भाद्र ९ गते २०८३

प्रधानमन्त्री ओलीले बोलाए स्थायी समिति बैठक

प्रधानमन्त्री ओलीले बोलाए स्थायी समिति बैठक


प्रधानमन्त्री ओलीले बोलाए स्थायी समिति बैठक

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा ओली समूह) को स्थायी समिति बैठक बोलाएका छन्।

पार्टीको अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए।

संसद विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरेपछिको अवस्थाबारे छलफल गर्नका लागि स्थायी समिति बैठक बोलाइएको नेता नेम्वाङले बताए ।

उनका अनुसार बैठकमा समसामियक राजनीतिक परिवेशबारे छलफल हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते गरेको संसद विघटन असंवैधानिक ठहर गर्दै सर्वोच्चले बदर गरेको हो।

नेकपाको दाहाल–नेपाल समूहले दिउँसो ४ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक