काठमाडौं। सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय उल्ट्याएको छ ।
यो सँगै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार धरासायी बनेको छ । प्रतिनिधिसभा बैठक सुचारु हुनासाथ वर्तमान सरकारको वहिर्गमन र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने बताइएको छ ।
उसो त सत्ताका लागि ओली पक्षमा गएका केही पूर्व माओवादीहरू धर्म संकटमा परेका छन् । रामबहादुर थापा (वादल) टोपबहादुर रायमाझी, प्रभु साह,लेखराज भट्टलगायत केही पूर्वमाओवादीहरु सरकारमा स्थान पाउनकै लागि ओली कित्तामा सामेल भएका थिए । ओली सरकारका मन्त्री टोपबहादुर रायमाझीले प्रतिनिधिसभा विघटन सदर हुने सम्भावना ९९ प्रतिशत रहेको बताएका थिए ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक