Logo

बुधवार, भाद्र १० गते २०८३

नेकपाका दुवै अध्यक्षलाइ वामदेवको आग्रह:- पार्टी कार्यालय धुम्बाराहीमा तुरुन्तै सचिवालय बैठक बोलाउनुस् !

नेकपाका दुवै अध्यक्षलाइ वामदेवको आग्रह:- पार्टी कार्यालय धुम्बाराहीमा तुरुन्तै सचिवालय बैठक बोलाउनुस् !


नेकपाका दुवै अध्यक्षलाइ वामदेवको आग्रह:- पार्टी कार्यालय धुम्बाराहीमा तुरुन्तै सचिवालय बैठक बोलाउनुस् !

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिन आग्रह गरेका छन्।

बुधबार  प्रेस नोट जारी गर्दै उनले ओलीले प्रधानमन्त्री पदबाट ढिलो नगरी तुरुन्त राजीनामा दिनुपर्ने बताएका हुन्।

गोतमले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेस विज्ञप्ति मार्फत संवैधानिक इजलासको निर्णयलाई स्वागत गर्दै प्रतिनिधिसभा अधिवेशन आह्वान गर्नुपर्ने बताएका छन्

नेकपा एकता अभियानका संयोजक समेत रहका गौतमले नेकपाको सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा तत्काल डाक्न अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई आग्रह गरेका छन्।

उनले भनेका छन्, ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष क. केपी शर्मा ओली र क. प्रचण्डसँग तुरुन्तै सचिवालय बैठक धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध गर्छु।’

गौतमले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भए यता २०७७ साल फागुन ११गतेको दिन ऐतिहासिक महत्वको रहेको पनि उल्लेख गरेका छन्।

‘यो दिन हाम्रो सम्मानित सर्वोच्च अदालतले हजारौं सपुतहरुको बलिदान तथा लाखौं देशभक्त नेपालीको त्याग र समर्पणवाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको दिन हो। प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गर्नुभएको प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर भएको छ। आजको दिन निरंकुशता स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय तथा संविधान, कानुन, लोकतन्त्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन हो। यस अवसरमा म सर्वप्रथम प्रधान न्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरुमा आभार प्रकट गर्दै वहाँहरुलाई हार्दिक धन्यवाद दिन्छु  गौतमले भनेका छन्।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नेपालको प्राज्ञिक धरोहर: त्रि-चन्द्र बहुमुखी क्याम्पसको गौरवशाली १०९ वर्ष इतिहास

        डा डासुराम पौडेल, उप-प्राध्यापक नेपालको प्राज्ञिक क्रान्तिको सुरुआत नेपालमा आधुनिक शैक्षिक चेतना र प्राज्ञिक विकासको प्रस्थानबिन्दुका रूपमा रहेको त्रि-चन्द्र बहुमुखी क्याम्पसको इतिहास अत्यन्तै रोचक र