Logo

मंगलवार, भाद्र ९ गते २०८३

प्रधानमन्त्री ओलीले प्रचण्ड-माधवलाई भने मेरा भाइहरुले खुसी भएर लड्डु खाएछन् !

प्रधानमन्त्री ओलीले प्रचण्ड-माधवलाई भने मेरा भाइहरुले खुसी भएर लड्डु खाएछन् !


प्रधानमन्त्री ओलीले प्रचण्ड-माधवलाई भने मेरा भाइहरुले खुसी भएर  लड्डु खाएछन् !

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन निर्णय उल्टाइएकोमा उत्तेजित हुनुपर्ने अवस्था नरहेको बताएका छन्।

आफ्नै पार्टी नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले गरिरहेको हर्ष बढाइँलाई इंगित गर्दै प्रधानमन्त्री ओलीले भने-मेरा भाइहरुले खुसी भएर जितेँ भनेर लड्डु ख्वाइख्वाइ गरेछन्। तर उनीहरुले लड्डु खाएर के पाउँछन् मलाई थाहा छैन।’

उनले ‘भोलिपर्सि फेरि राजीनामा माग्न उहाँहरु आउने’ बताए।

उनले सर्वोच्च अदालतको निर्णय सामान्य भएको र बाँचुञ्जेल कोही पनि मन्त्री नहुने बताए।

उनले भोलि ब्रेन ह्यामरेज भएर, दुर्घटनामा परेर, हार्ट अट्याक भएर जो पनि मर्न सक्ने उल्लेख गर्दै बाँचुञ्जेल राम्रो काम गर्नुपर्ने बताए।

सूर्य उदाउँदाको खुसीमा पनि रातो नै भएर उदाउँछ र अस्ताउँदाको दुखमा पनि रातै भएर अस्ताउने भन्दै आफूलाई कुनै पश्चाताप नभएको संकेत उनले गरे।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक