काठमाडौं । आफ्नै पार्टीभित्र अन्तरकलह मच्चाएर नेकपा (दाहाल-नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास पुगेका छन् । प्रचण्डसँगै सो समूहका अध्यक्ष माधव नेपाल पनि थिए । प्रधानमन्त्रीका लागि प्रस्तावित प्रचण्ड देउवाको साथ खोज्न बुढानिलकण्ठ पुगेका हुन् ।
देउवालाई माधव नेपालले प्रचण्डलाई प्रधानमन्त्री बनाउनका लागि सघाउन प्रस्ताव सुनाए । अध्यक्षद्वय प्रचण्ड नेपाल दुबैले सत्ता सहकार्यका लागि प्रस्ताव गरेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
दुबै जनाले पछिल्लो राजनीतिक घटना क्रममा मिलेर जान प्रस्ताव गरेको र अब सहकार्य गरेर अगाडि जाऔं भनेको भानुले बताए । सत्ताको सहकार्यका लागि आएका प्रचण्डलाई देउवाले भने सकारात्मक जवाफ भने दिएनन् ।
पार्टीमा छलफल गरेर जवाफ दिने जवाफ मात्रै दिए । देउवाले कसलाई साथ दिन्छन् भन्ने अझै खुलेको छैन । तर विगतमा उनी प्रधानमन्त्री ओली नजिक थिए । फेरि पनि ओलीसँगै रहन सक्ने अनुमान छ । यसो हुँदा प्रचण्डको प्रम बन्ने र सत्तामा जाने सपना चकनाचुर हुनेछ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक