काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएको आज दुई दिन वितेको छ । तर प्रधानमन्त्री केपी ओलीको आत्मविश्वास हेर्ने हो भने कुनै कमी छैन ।
प्रचण्ड नेपाल समूहले विजयत्वोत्सव मनाइरहेका बेला, गलहत्याउने भनेर जथाभावी बोलिरहेका बेला प्रधानमन्त्री स्थिर छन् । यसको प्रमाण फैसला आउँदै गर्दा पनि ढुक्का साथ आफ्नो जन्मदिन मनाउनु, त्यसपछि भोलिपल्ट कार्यक्रममा कन्भिडेन्सका साथ सहभागिता र अभिव्यक्तिलाई लिन सकिन्छ ।
त्यतिमात्र होइन ओलीले बुधवार माटोको डिजीटल नक्सा सार्वजनिक कार्यक्रममा अदालतको फैसला सामान्य भएको र यसले आफूलाई केही फरक नपर्ने बताएर सबैलाई छक्क पारे । फैसलाले आफ्नो संकल्पमा कुनै असर नहुने भनाई थियो ।
पदमा राम्रो काम गर्छु। हिजोको अदालतको फैसला सामान्य हो। मेरा केही भाइहरुले लड्डु ख्वाँइ ख्याइ गरे। लड्डु खुवाएर के हुने होरुु प्रचण्ड नेपालप्रति कटाक्ष गर्दै ओलीले भने ।
प्रचण्ड नेपाल समूहका नेताले राजीनामा मागिरहेका बेला ओलीले आफूलाई कुनै फरक नपर्ने पनि जिकिर गरे । मेरो विचारमा भोलि पर्सिदेखि फेरि राजीनामा माग्नुहुन्छ कि । त्यता पट्टि चिन्ता गर्नु पर्दैन । जिन्दगीको कुनै ठेगान छैन,उनले भने,मरेपछि केही अर्थ छैन । जबसम्म जुन जिम्मेवारी लिएको छ गर्ने हो । देश विकासको संकल्पमा फरक हुनुपर्ने कुनै कारण छैन । स्वार्थबाट लपेटिएका मान्छेमा यस्तो धेरै हुन्छ ।
ओलीले संकटकाल लगाउन सक्ने अनुमानबारे सांकेतिक रुपमा जवाफ दिए । फैसला आउँदैमा आफूले कसैलाई नतर्साउने भन्दै उनले अहिले नै संकटकाल लगाउने कुनै योजना नभएको सन्देश दिन खोजे । अप्ठेरो परिस्थितिमा पनि आफू एकनासले काम गर्ने बताउँदै ओलीले भने,अहिले यो सरकार छ रहिरन्छ । मैले तर्साउनु काम राम्रो हुँदैन । म धेरै कुरा अहिले भन्न चाहन्न, उनले भने ।
डा डासुराम पौडेल, उप-प्राध्यापक नेपालको प्राज्ञिक क्रान्तिको सुरुआत नेपालमा आधुनिक शैक्षिक चेतना र प्राज्ञिक विकासको प्रस्थानबिन्दुका रूपमा रहेको त्रि-चन्द्र बहुमुखी क्याम्पसको इतिहास अत्यन्तै रोचक र