Logo

मंगलवार, भाद्र ९ गते २०८३

नेकपा ओली समूहको स्थायी समिति बैठक स्थगित

नेकपा ओली समूहको स्थायी समिति बैठक स्थगित


नेकपा ओली समूहको स्थायी समिति बैठक स्थगित

काठमाडौँ– नेपाल कम्यूनिष्ट पार्टी (नेकपा, ओली समूह) को स्थायी कमिटि बैठक स्थगित भएको छ। बिहीबार बिहान ११ बजे प्रधामन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक अनिश्चितकालका लागि स्थगित भएको हो।

नेताहरुकाे व्यस्तताका कारण बैठक स्थगित गरिएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । तर आफ्नै खेमाका नेताहरुबाटै रानीनामा दिनु पर्ने आवाज उठेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक स्थगित गरेकाे बुझिएकाे छ ।

नेकपा ओली समूहको बुधबार बसेको स्थायी समिति बैठकमा सर्वोच्चले संसद विघटन असंवैधानिक ठहर गर्दै बदर गरेपछिको अवस्थाबारे छलफल भएको थियो ।

राजीनामाका लागि आफ्नै खेमाका नेताबाट दबाब आए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सो विषयमा नसोचेको र बैठकमा पनि छलफल नभएको प्रवक्ता ज्ञवालीले बताएका थिए । प्रधानमन्त्री ओली अहिलेसम्म संसद सामना गर्ने मनसायमा रहेको उनी निकटले बताएका छन् ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक