काठमाडौं । विकास र समृद्धिको नारालाई साकार पार्न पृथकतावादी अभियन्ता सीके राउतलाई मुलधारको राजनीतिमा ल्याएका प्रधानमन्त्री केपी शर्मा ओलीले अशान्ति र हिंसाको बाटोमा हिँडेको नेत्रविक्रम चन्द विप्लव समूहको नेकपालाई मुलधारको राजनीतिमा ल्याउन पहल थालेका छन् ।
विप्वललाई मुलधारको राजनीतिमा ल्याउने जिम्मेवारी गृहमन्त्री रामबहादुर थापा बादललाई सुम्पेका छन् ।
प्रधानमन्त्री ओलीले मंगलवार गृहमन्त्री बादल र आफ्ना परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य रहेको वार्ता कमिटी गठन गरेका छन् ।
विप्लवसँग वार्ताका लागि ओलीले बादललाई कमाण्डर तोकेर समिति बनाएका हुन् ।
अनौपचारिक वार्ता यसअघि नै सुरु भइसकेको छ ।
विप्लव मुलधारको राजनीतिमा आए प्रधानमन्त्री ओलीको कद अझै उचो हुनेछ भने बलियो पनि बन्नेछन् ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक