काठमाडौँ – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन्।
शुक्रबार बहुमत संसदीय दलका सांसदको समर्थनमा दलको नेता भएपछि दाहालले अब ओली राजीनामा दिए देशको हितमा हुने अन्यथा अविश्वासको प्रस्तावमार्फत हटाउने चेतावनी दिए।
उनले भावी प्रधानमन्त्रीको टुंगो लागिनसकेको बताए। ‘प्रधानमन्त्रीको उम्मेद्वारबारे छलफलमै छौँ। हिजो आन्दोलनमा जाने दलहरुसँग सहकार्य हुन्छ। छलफल भइरहेको छ। एक दुई दिनमा टुंगो लाग्छ,’ प्रचण्डले भने।दाहालले अब आफू राजनीतिक र वैधानिक दुवै रुपमा दलको नेता भएको उल्लेख गरेँ। उनले भने, ‘जेष्ठ सदस्यको हैसियतमा झलनाथ जीले अध्यक्षता गरेको संसदीय दलको बैठकले मलाई नेता चयन गरेको छ। अब म राजनितिक रुपमा मात्रै होइन, वैधानिक रुपमा दलको नेता भएको छु। यसलाई मैंले अवसर र चुनौती दुवैका रुपमा लिएको छु।’
दाहालले ओली गुटमा लागेका सांसदहरुलाई समेत आधिकारिक पार्टी आफूहरु नै भएकाले आउन आह्वान गरे।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक