Logo

मंगलवार, भाद्र ९ गते २०८३

प्रचण्डको पछीलाग्दा केहि सिप नलागे पछी ओलीसामु यसरि झुक्न बाध्य भए माधव नेपाल !

प्रचण्डको पछीलाग्दा केहि सिप नलागे पछी ओलीसामु यसरि झुक्न बाध्य भए माधव नेपाल !


प्रचण्डको पछीलाग्दा केहि सिप नलागे पछी ओलीसामु यसरि झुक्न बाध्य भए माधव नेपाल !

काठमाडौं । सर्वोच्च अदालतको नेकपा खारेजी फैसलापछि सबैभन्दा अफ्ठ्यारोमा परे माधव नेपाल र झलनाथ खनाल ।
 
अब उनीहरु पुरानै घर नेकपा एमालेमा फर्किनुपर्ने भएको छ । हुन त उनीहरुले दल फुटाएर प्रचण्डसँग एकता गरेर बस्न पनि पाउथे । तर त्यसका लागि ४० प्रतिशत संख्या नै पुगेन । 
१२१ सांसद रहेको एमालेमा माधध नेपालका ४० जनामात्रै सांसद पुगे । जुन ४० प्रतिशत पुग्दैन । ४९ सांसद भएमात्रै ४० प्रतिशत पुग्छ । दल फुटाउनका लागि संख्या नपुगेपछि माधव नेपाल अध्यक्ष केपी शर्मा ओलीसँग झुक्न बाध्य भएका छन् । 
माधव र झलनाथले सोमवार अदालतको फैसलाअनुसार एमालेमा फर्किने निर्णय गरेका छन् । तर ओलीविरुद्ध दलभित्रै भ्याए जति लड्ने मनस्थिति बनाएका छन् ।
सोमबार माधव र झलनाथको बैठक अर्याल होटलमा बसेको थियो । पुष्पकमल दाहाल प्रचण्डको समूहको स्थायी समितिको बैठकअघि भएको निर्णय र समझदारी सुनाइएको छ ।
हामी प्रवित्तिसँग लडेका हौं, अदालतको आदेशका कारण एउटा विशेष अवस्था आइ परेको छ। हामी एमाले फर्किन्छौं तर ओली प्रवित्तिविरुद्ध लड्छौं। ह्वीप मान्नेवाला छैनौं,’ नेपालले बैठकमा भनेको कुरालाई एक जना नेताले सुनाए । 
 

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक