काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुनेबारे नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) बीचको छलफल ‘सकारात्मक’ भएको छ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको एमाले र जसपाका शीर्ष नेताहरुबीचको छलफल ‘सकारात्मक’ भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी थिए।
थापाका अनुसार भोलि पनि दुई दलबीच कार्यदलस्तरमा अनौपचारिक छलफल हुनेछ। आजको छलफलमा एमालेको तर्फबाट प्रधानमन्त्री ओलीका साथै अर्थमन्त्री विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, ईश्वर पोखरेल, राजन भट्टराई लगायतका नेता सहभागी थिए।
जसपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, अशोक राई र लक्ष्मणलाल कर्ण सहभागी भएका थिए। जसपाका डा. बाबुराम भट्टराई र उपेन्द्र यादव भने छलफलमा सहभागी भएनन्।
जसपाले पहिला आफूहरुका माग पूरा भए मात्र सरकारमा सहभागी हुनेबारे छलफल गर्न सकिने बताउँदै आएको छ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक