Logo

मंगलवार, भाद्र ९ गते २०८३

संसदीय दलको बैठकः माधव पक्षलाई आत्मालोचनासहित फर्किन निर्देशन

संसदीय दलको बैठकः माधव पक्षलाई आत्मालोचनासहित फर्किन निर्देशन


संसदीय दलको बैठकः माधव पक्षलाई आत्मालोचनासहित फर्किन निर्देशन

काठमाडौं । नेकपा एमाले केपी शर्मा ओली पक्षले गुटगत भेला गर्ने नेताहरूलाई स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाउने जनाएको छ । 
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरु कसैको निर्देशन नमान्न सांसदहरूलाई आह्वान गरेको हो ।

बैठकले आत्मालोचनासहित संसदीय दल र पार्टीको कार्यक्रम सहभागी हुन सांसदहरूलाई आह्वान गरेको हो । दलका नेता केपी शर्मा ओलीको अध्यक्षमा बसेको बैठकले अन्यथा विधान अनुसार स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिएको छ ।

माधव नेपाल पक्षका केही सांसद बैठकमा सहभागी भएपनि अरु बाटोबाटै फर्किएका थिए । सो पक्षका सांसदहरुले अबदेखि बैठकमा भाग लिने बताएका छन् । दलको बैठकले आत्मालोचनासहित फर्किन आग्रह गरेको छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक