Logo

मंगलवार, भाद्र ९ गते २०८३

प्रधानमन्त्रीमा दाबी छैन : प्रचण्ड

प्रधानमन्त्रीमा दाबी छैन : प्रचण्ड


प्रधानमन्त्रीमा दाबी छैन : प्रचण्ड

सिन्धुली । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा दाबी नरहेको बताएका छन् । प्रेस संगठन नेपाल सिन्धुलीले आज सिन्धुलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफू र आफ्नो पार्टीले प्रधानमन्त्री पदमा दाबी नगरेको बताएका हुन् । उनले भन्नुभयो, “अबको प्रधानमन्त्री को बन्छ भन्ने राजनीतिक सहमतिबाट हुन्छ, जुन अहिले दलबीच छलफल चलिरहेको छ ।”

उनले थपे, “सहमति अब धेरै टाढा छैन ।” लोकतन्त्र, समावेशी, समानुपातिक र संविधानविरुद्धका चलखेल अझै पनि नरोकिएको उनले बताए ।

प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रचण्डले सत्य, न्याय र विधिको सधै जित हुने बताए । अझै पनि कम्युनिस्टको बृहत्तर एकता हुनुपर्दछ भन्दै उनले सबै इमानदार कम्युनिस्ट एकताका पक्षमा उभिनुपर्ने बताए ।

केन्द्रमा सरकार परिवर्तन नभएसम्म प्रदेशको सरकार पनि परिवर्तन नहुने अध्यक्ष प्रचण्डले बताए । उनले भने, “सर्वदलीय बैठकमा राष्ट्रपतिले त सामान्य कुरा नै राख्नुभयो, बंगलादेश भ्रमणलगायतका विषयमा जानकारी गराउनुभयो । तर, प्रधानमन्त्रीले संसद् नि चल्दैन, फेरि पनि विघटनमै जानुपर्छ भन्नेखालले प्रस्तुत हुनुभयो । यसले फेरि पनि राजनीतिक दललाई चिन्तित तुल्याएको स्थिति छ ।”

रासस

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक