Logo

मंगलवार, भाद्र ९ गते २०८३

ओलीसँगको मेरो मायाप्रिती कहाँ एक रातमा टुट्छ ? : माधव नेपाल

ओलीसँगको मेरो मायाप्रिती कहाँ एक रातमा टुट्छ ? : माधव नेपाल


ओलीसँगको मेरो मायाप्रिती कहाँ एक रातमा टुट्छ ? : माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्बोच्चको फैसला गलत भए पनि फैसला मान्दिन भन्ने छुट कसैलाई नभएको बताएका छन् ।अदालतले एमाले र माओवादीलाई नै अस्तित्वमा रहेको फैसला गर्नु जन्मेको बच्चा मान्दैनौ फेरि गर्भमा लैजाउ भने जस्तै भएको नेपालको टिप्पणी थियो ।

एमाले खनाल-नेपाल पक्षको युवा संघको राष्ट्रिय कार्यकर्ता भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै उनले अदालतले पूर्व एमालेलाई ब्युँताएपछि आफू एमालेको पूर्ववत् कमिटीलाई जागरुक बनाउन लागेको पनि बताए ।

नेपालले केपी ओलीको ठाउँमा आफू भएको भए रिसाएकाहरुको निवासमै पुगेर गाला मुसारेर फकाउने बताए । नेतृत्वमा आफू भएको अवस्थामा फोनबाट मात्र नभएर निवासमै गएर फकाउने बताएका हुन् ।

उनले भने ‘म अध्यक्ष भएको भए घरमै पुगेर, ढोका खोलेर, बेडरुममा पसेर किन रिसाउनुभो भनेर गाला मुसार्ने थिएँ । फकाउन म जान्दछु नि । उहाँको काम होइन रु गार्जियनको काम नै हो फकाउने तर उहाँले त्यो गर्नुभएन ।’

नेपालले आफूहरू ओलीसँग असन्तुष्ट भए पनि छुट्टिहाल्ने पक्षमा नभएको बताएका छन् । आफूहरूको ‘मायाप्रीति’ ४८ वर्ष पुरानो भएको भन्दै सजिलै नतोडिने उनको भनाइ छ ।

उनले भने, ‘हामी केपी ओली विरुद्ध संघर्ष गछौं, तर उहाँसँग छुट्टिइहाल्ने पक्षमा छैनौं । ओलीसँगको मेरो मायाप्रिती कहाँ एक रातमा टुट्छ ? हाम्रो मायाप्रीति ४८ वर्ष पुरानो हो । हामी एकताको हात बढाउन चाहन्छौं ।’

नेपालले पार्टीका सबै कमिटीमा आफ्नो बहुमत भएकाले ओलीले बैठक बोलाउन नमानेको दाबी गरे । पार्टीमा आफ्नो बहुमत नपुग्ने भएपछि पूर्वमाओवादीबाट आएकाहरूलाई पार्टी प्रवेश नगराएर नै केन्द्रीय सदस्य बनाएकोमा उनको असन्तुष्टि थियो ।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक