Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

धुर्मुस–सुन्तलीको ‘ओई मेरो परान’

धुर्मुस–सुन्तलीको ‘ओई मेरो परान’


धुर्मुस–सुन्तलीको ‘ओई मेरो परान’

हाँस्य कलाकारद्धय सिताराम कट्टेल र कुञ्जना घिमिरेले निर्माण गरेको ‘म त मर्छु कि क्या हो’ नामक चलचित्रमा समावेश ‘ओई मेरो परान’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा रचना रिमाल र भक्त प्रधानले आवाज दिएका छन् l

लोकराज अधिकारीको शब्द र राजेन्द्र बजगाईँको लय सिर्जना र संगीत संयोजन गीतमा हेर्न सुन्न सकिने छ l टेकेन्द्र शाहको सम्पादन रहेको यो चलचित्रमा स्वेत्ना योञ्जनको कोरियोग्राफी छ l चलचित्रलाई धुर्मुस र सुन्तलीले मिलेर निर्देशन गरेका छन् l चलचित्रमा रवि गिरी, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइराला लगायतका कलाकारको पनि अभिनय छ ।

२ घण्टा लामो रहेको यस चलचित्रलाई सुरुवातमा वेब सिरिजको रूपमा ‘म त मर्छु कि क्या हो’को निर्माण गरे पनि पछि मेकिङ उत्कृष्ट भएपछि  चलचित्र बनाएको कुञ्जनाले बताएकी छिन् l    

कामना न्यूज

  • आइतवार, चैत्र ८ २०७७१०:४७:३९
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ