Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

संगीतकार शम्भुजित बाँसकोटालाई ‘संगीत साधक सम्मान’

संगीतकार शम्भुजित बाँसकोटालाई ‘संगीत साधक सम्मान’


संगीतकार शम्भुजित बाँसकोटालाई ‘संगीत साधक सम्मान’

काठमाडौँं । विशिष्ट संगीतकार शम्भुजित बाँसकोटा ‘संगीत साधक सम्मान २०२१’बाट सम्मानित भएका छन् । क्रियटिभ इनसाईट मिडियाले हालै राजधानीमा आयोजना गरेको ‘नेशनल इन्टरटेनमेन्ट अवार्ड २०२१’मा उनलाई सो सम्मान प्रदान गरिएको हो ।

नेपाली सांगीतिक क्षेत्रमा चार दशक बढी समयदेखि क्रियासिल बाँसकोटाले नेपाली गीत संगीतलाई स्थापित गराएको भन्दै सम्मान दिइएको हो । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, निर्देशक समाजका निवर्तमान अध्यक्ष सुचित्रा श्रेष्ठ, चलचित्र द्धन्द्ध कलाकार संघका अध्यक्ष नारायण प्रधान, नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल लगायतले बाँस्कोटालाई सम्मान दिएका थिए ।

कार्यक्रममा राष्ट्रिय पत्रकारिता सम्मान बिदूर गिरी र विशेष पत्रकारिता सम्मान कृष्ण भट्टराईले प्राप्त गरे । सोही अवसरमा पत्रकार माधव अधिकारी र अरविन्द गौतम समेत सम्मानित भएका थिए ।

कमलपोखरीस्थित रशियन कल्चर सेन्टरमा आयोजना भएको कार्यक्रममा पेजेन्ट डिरेक्टर अवार्ड निशुकान्त झा, फेशन मोडल अवार्ड रणधिर शाह र दुर्गा बिसुराल, व्युटी पेजेन्ट मोडल अवार्ड छिरिङ डोल्मा शेर्पा, पेजेन्ट तथा फेशन कोरियोग्राफर अवार्ड अश्विनी कान्त झा, योङ इभेन्ट इन्टरपेनियरको अवार्ड बालकृष्ण पोखरेलले प्राप्त गरेका थिए ।

कामना न्यूज

  • आइतवार, चैत्र ८ २०७७११:१३:४४
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ