Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

निर्देशकले झुक्याएर शेरनको गोप्य अंग खिच्दा

निर्देशकले झुक्याएर शेरनको गोप्य अंग खिच्दा


निर्देशकले झुक्याएर शेरनको गोप्य अंग खिच्दा

 फिल्म उद्योगबाट प्रायः यस्ता खबर बाहिर आउछन्, जुन खबर सुन्दा मानिसहरु अचम्मित हुन्छन् । खास गरी हलिउडमा यस्ता मामला धेरै सुनिन्छन् ।

हलिउडमा निर्देशकहरुलाई अभिनेत्रीहरुले फिल्मको सेटमा छलेर अन्तरंग दृश्य छायांकन गर्छन् भन्ने आरोप लगाउने गर्दछन् । यो कुरा उनीहरु फिल्म रिलिजको वर्षौपछि मात्र खुलासा गर्छन् ।

 

प्रख्यात अमेरिकी अभिनेत्री शेरन स्टोनले आफ्नो संस्मरण ‘द ब्यूटी अफ लिभिङ ट्वाइस’मा यस्तै एउटा रहस्यको खुलासा गरेकी छन् ।

अमर उजालामा प्रकाशित समाचार अनुसार उनले सन् १९९२ मा रिलिज फिल्म ‘बेसिक इन्सटिङ्ट’को बारेमा एउटा गम्भीर खुलासा गरेकी हुन् ।

६४ वर्षीया अनुभवी अभिनेत्रीले निर्देशकले आफूलाई झुक्याएर गोप्य अंगको छायांकन गरेको खुलासा गरेकी छन् । यो त्यही फिल्म हो, जसले शेरनलाई सुपरस्टार बनाइदियो । तर उनले यो फिल्मबाट कैयौं समस्याको सामना गर्नुपर्यो ।

फिल्ममा शेरनको भूमिका केथरीन ट्रामेलको थियो । जो बाइसेक्सुअल हत्यारा हुन्छिन् । ‘फिल्मको सुटिङका समयमा मलाई भित्री कपडा उतार्न भनिएको थियो । तर मलाई त्यो बेला थाहा थिएन कि यसो गरेर निर्देशकले मेरो गोप्य अंग खिच्छन् भनेर’, उनले पुस्तकमा लेखेकी छन् ।

सुटिङपछि शेरनलाई निर्देशक पल वेरहोवेनले एक कोठामा बोलाएका थिए । त्यो कोठा एजेन्ट र वकिलले भरिएको थियो । ती मानिसको फिल्ममा कुनै काम थिएन ।

‘त्यो समयमा मैले पहिलोपटक आफ्नो गोप्य अंगको सुटिङ देखें । यसअघि हामीलाई केही पनि हेर्ने अधिकार दिइएको थिएन । सुटिङको समयमा मलाई ‘तपाईंको अन्डरगारमेन्टले लाइटलाई प्रभावित बनाइरहेको छ । यसलाई हटाउनुपर्छ’ मात्र भनिएको थियो’, उनले लेखेकी छन् ।

यसपछि उनी रिसाएर निर्देशकलाई थप्पड मारिन् । यो मामलामा उनले वकिलको पनि सहयोग लिइन् । सन् २०१९ मा बर्लिनको ‘जीक्यू अवार्ड’मा पनि शेरनले यो कुराको खुलासा गरेकी थिइन् । जुन अवार्डमा उनका छोरा रोअन दर्शकका रुपमा सबै कुरा सुनिरहेका थिए ।

कामना न्यूज

  • आइतवार, चैत्र ८ २०७७०१:२६:२१
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ