Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

जोनीको घरमा अज्ञात व्यक्तिले गरे रमाइलो

जोनीको घरमा अज्ञात व्यक्तिले गरे रमाइलो


जोनीको घरमा अज्ञात व्यक्तिले गरे रमाइलो

क्याप्टेन ज्याक स्पेरोको चरित्रमा सारा विश्वमाझ चिनिएका हलिउड अभिनेता जोनी डेपको घरमा एक अनौठो घटना भएको छ । हलिउड हिल्समा रहेको यी अभिनेताको घरमा एक अज्ञात व्यक्ति पसेर त्यहाँ रहेका केही खाने कुरा खाएका छन् ।

जीन्यूजमा प्रकाशित समाचारअनुसार छिमेकीले जोनीको घर पछाडि रहेको स्वीमिङ पुलमा एक व्यक्ति टहलिँदै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । छिमेकीले प्रहरीलाई खबर गर्नासाथ ती व्यक्ति गेटबाट हामफालेर घरभित्र पसेका थिए । प्रहरी जोनीको घरमा पुग्दा ती व्यक्ति नुहाइरहेका थिए । जसकारण उनले प्रहरीले ढोका खोल्नका लागि गरेको आग्रह अस्वीकार गरे । ती व्यक्तिले जोनीको घर भित्र रहेको मदिराको स्वाद पनि लिएका थिए । केही समयपछि पक्राउ परेका ती व्यक्तिलाई प्रहरीले ढोका फोडेर घरभित्र पसेको आरोपमा मुद्धा दर्ता गराएको छ ।

यसअघि गत जनवरीमा एक अज्ञात महिला जोनीको घरमा पसेकी थिइन् ।

कामना न्यूज

  • मंगलवार, चैत्र १० २०७७१२:३९:४२
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ