काठमाडौँ: नेकपा माओवादी केन्द्र नेकपा भंग गर्ने सर्वोच्च अदालतको फैसलाको पुनरावलोकनका लागि अदालत जाने भएको छ । मंगलबार बिहान बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सर्वोच्चको फैसलाको पुनरावलोकनमा जाने निर्णय गरेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए ।
उनकाअनुसार माओवादीले यस्तो निर्णय लिनु पहिले कानुन व्यवसायीहरुसँग छलफल गरेको थियो । कानुन व्यवसायीहरूले सर्वोच्चको फैसलाको पुनरावलोकनमा जान उपयुक्त हुने सुझाव दिएका थिए । सर्वोच्चले गत फागुन २३ गते नेकपा एकता भंगको फैसला गरेको थियो ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक