काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतो बुधवार रेशम चौधरीलाई भेट्न डिल्लीबजार स्थित कारागार पुगे ।
भेटमा चौधरीले सरकारमा नजानुस् भनेर भनेको खबरहरु बाहिर आए । जसपाभित्रको एक धार उपेन्द्र यादवकै लाइनमा रेशम चौधरी बोलेको भनेर खबरहरु आएपछि खैलाबैला भयो ।
राजेन्द्र महतो निकट चौधरीले कसरी उपेन्द्रको लाइन समाते भन्ने पनि प्रश्न उठे । तर यो त झुटो प्रचार रहेछ । रेशमले त्यसो भनेकै रहेनछन् ।
रेशमले त्यसो नभने पछि यस्तो हल्ला जसपाभित्रको पूर्व समाजवादी धार अर्थात उपेन्द्र यादव समूहले जबरजस्ती चलाएको खुलेको छ ।
सञ्चारमाध्यममा रेशमले सरकारमा जान हुन्न भनेर भनेको भ्रम उपेन्द्रको समूहबाट फैलिएको स्रोतहरुबाट पुष्टि हुन आएको छ । अहिले जसपामा राजेन्द्र महतो, महन्थ ठाकुरहरु रेशमलाई बाहिर निकाल्न र मुद्दाबाट पनि सफाइ दिलाउन सरकारसँग वार्तामा छन् । जसलाई भाड्न खोजेको आरोप खेपिरहेका उपेन्द्रकै समूहले चौधरीका बारेमा अर्को भ्रम फैलाएपछि जसपामा विश्वासको संकटको स्थिति पैदा भएको छ । यसले पार्टीलाई अन्तत फुटमा लैजाने देखिएको छ ।
रेशम चौधरीले विज्ञप्तिमा अध्यक्ष महन्थ ठाकुरले विधि पद्धतीअनुसार काम गरिरहेको र सरकारमा जानेरनजाने पार्टीको निर्णयमा आफू बाधक बन्ने कुराको कल्पना पनि गर्न नसकिने उल्लेख गरेका छन् । उनले जथाभावी नलेख्न सचेत समेत गराएका छन् ।
यस्तो छ चौधरीको पत्र:-

-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक