Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

फेसबुक ह्याक गरी चलचित्रकर्मी सँग पैसा माग्दै ह्याकर

फेसबुक ह्याक गरी चलचित्रकर्मी सँग पैसा माग्दै ह्याकर


फेसबुक ह्याक गरी चलचित्रकर्मी सँग पैसा माग्दै ह्याकर

सामाजिक सन्जाल मध्येमा पनि फेसबुक हिजोआज धेरै माझ चर्चित र पपुलर बन्दै गइरहेको छ । करोडौँको संख्यामा प्रयोगकर्ताहरू रहेको फेसबुकका थुप्रै फाइदा  छन्  ।  फेसबुकमा कयौँ व्यक्तिगत र संस्थागत डाटाहरू समेत राख्ने गरिएको छ । जुन डाटाहरू फेसबुक एकाउन्ट ह्याकसँगै ह्याकरहरूले चोर्न सक्छन् ।

फेसबुकले आफ्ना सदस्यहरू यस्ता समस्यामा नपरून् भनेर थुप्रै टुल्सहरु दिएको छ । तर पनि दैनिक जसो थुप्रै मानिसहरूका फेसबुक ह्याक भएका घटना सुन्नमा आइरहेका छन् । कयौपटक त फेसबुक एकाउन्ट ह्याक गरेर डाटा चोरेर लगिसक्दा पनि युजरले पत्तोसम्म पाउँदैनन् । प्राय फेस्बूक ह्याक हुनेमा अनुहार चलेका सेलेब्रेटी देखी पपुल्यारीटी भएका व्यक्तिहरू पर्ने गरेका छन् l  यसैको सिकार अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला र अभिनेता सरोज खनाल परेका छन् l

फेस्बूक ह्याक गरेर चलचित्रकर्मीहरू सँग पैसा मागेको भन्दै उक्त खबर कलाकार दीपक राज गिरीले आफ्नो सामाजिक सन्जाल मार्फत जानकारी गराएका हुन् l दीपकले दीपाजी को फेसबुक ह्याक भएको छ, सरोज खनाल दाइको पनि फेसबुक ह्याक भएको छ , ह्याकर ले चलचित्रकर्मी को फेसबुक ह्याक गर्दै पैसा माग्न थालेको छ l अत :सजक हुनुहोला!!!

फेस्बूकमा स्ट्याटस लेखेका छन् l यस अघि पनि नेपालका केही कलाकारहरू फेस्बूक ह्याक हुने फन्दामा परी सकेका छन् l   केही समय अघि गायक शिव परियारको पनि फेस्बूक ह्याक भएको थियो l   

कामना न्यूज

  • शुक्रवार, चैत्र १३ २०७७१०:४८:३२
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ