काठमाडौँ । करिव ७ महिना अगाडि रिलिज भएको गीत ‘माया गरौंला’ हिट भएपछि यसैको दोश्रो भाग ‘माया गरौंला २ (ब्रेक अप)’ रिलिज भएको छ । किरण भुजेल र समीक्षा अधिकारीको स्वर रहेको गीतमा तिलक चन्दको शब्द र कृष्ण भारद्वाजको संगीत रहेको छ । गीतलाई जीवन बडूले एरेन्ज गरेका हुन् ।
गीतको भिडियोमा पुष्प खड्का, वर्षा राउत, सागर लम्साल ‘बले’ र आँचल शर्माको अभिनय देख्न सकिन्छ । भिडियोमा झगडा परेपछि बलेले आँचलसँग र पुष्पले वर्षासँग ब्रेक अप मागेको छन् । बिक्रम स्वारको कन्सेप्ट कोरियोग्राफी रहेको भिडियोलाई नवराज उप्रेती र उनको टिमले खिचेका छन् । भिडियोलाई सुवर्ण दुलालले सम्पादन गरेका छन् । भिडियोका निर्देशक सरोज ओली हुन् ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ