काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेकी छन् ।
नयाँ सरकार बनाउने प्रयत्नमा रहेको चीनले पछिल्लो समय सक्रियता बढाएको छ । तर प्रधानमन्त्री केपी ओलीलाई हटाउन सकेको छैन ।
ओली हटाउन माओवादी केन्द्र कांग्रेस र जसपाको गठबन्धन बनाउनमा चीनले समन्वयकारी भूमिका खेलिरहेको छ । तर प्रधानमन्त्री ओलीले कांग्रेस र जसपाको बहुमत नेतृत्वलाई कन्भिन्स गरिसकेका छन् ।
जसका कारण सत्ता फेर्ने चिनियाँ चाहना सफल हुन सकेको छैन । यस्तो बेला सभापति देउवालाई प्रधानमन्त्रीका लागि अग्रसरता लिन भन्ने आग्रहसहित प्रमको ललिपप लिएर राजदूत यान्छी फकाउन शुक्रवार दिउँसो ३ बजे बुढानिलकण्ठ पुगेको बुझिएको छ ।
राजदूत यान्छीलाई देउवाले पार्टीभित्र सल्लाह गर्ने भनेर टारेका छन् । यान्छीले वर्तमान राजनीतिले निकास लिनुपर्ने चाहना चीनको भएको र त्यसमा अग्रसरता लिन अनुरोध गरेकी थिइन् ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक