काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई एमालेमा घोक्र्याएर ल्याईएको टिप्पडि गरेका छन् । शनिबार काठमाडौंमा बृहत नागरिक आन्दोलनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले आफूलाई अदालतले घोक्रयाएर प्रधानमन्त्री तथा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पार्टीमा फर्काएको बताएका हुन् ।
नेकपा खारेज गर्ने सर्वोच्च अदालतको फागुन २३ गतेको निर्णयलाई संकेत गर्दै नेता नेपालले आफूलाई प्रतिगमनकारी केपी ओलीकै पार्टीमा जान बाध्य पारिएको र त्यहाँ बस्न अप्ठ्यारो महशुस भएको बताएका हुन् ।
नेता नेपालले भने, ‘दुःखका साथ भन्नुपर्छ, अहिलेका हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट जुन प्रतिगमनकारी कदम चालियो, त्यसको विरुद्धमा तपाई ९नागरिक०हरु संघर्षको मैदानमा हुनुहुन्थ्यो । आज म अप्ठ्यारो महसुस गर्दैछु, त्यही पार्टीमा मलाई फेरि सर्वोच्च अदालतले घोक्रयाएर पठाइदिएको छ । सर्वोच्च अदालतले विचित्रको फैसला गरेको छ ।’
तर यसबाट आफू नडराउने पनि नेता नेपालले प्रष्ट पारे । उनले भने, ‘हामी पुरानो ठाउँमा फर्किन खोजिरहेका छौं । तर, विडम्बना ! भन्न पनि कस्तो गाह्रो छ भन्दा यो पार्टीभित्रको कुरा फेरि डबलीमा आएर भन्यो माधव नेपालले भनेर फेरि अर्को आरोप लाग्ला । त्यसपछि कुन दिन मलाई घोक्रयाएर त्यहाँबाट पनि निकाल्दिने स्थिति बन्ला । त्यस्ता कुराबाट डराउनेवाला माधव नेपाल होइन !’
नेता नेपालले सर्वोच्च अदालतले विचित्रको निर्णय गरेको बताए । उनले भने, ‘दुईटा राजनीतिक पार्टी एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्यो, विभिन्न उपचुनाव पनि साथ साथ लडे, विभिन्न संयुक्त कार्यक्रम गर्यो । तर, सर्वोच्च अदालतले त्यस्ता कुनै कुरालाई ध्यान नदिई दुईटै पार्टीलाई छुट्याइदियो ।’
ओलीले पार्टीमा अधिनायक वाद लादेको समेत उनले बताए । उनले कम्युनिस्ट पार्टीले अधिनायकवादी विचारधारा नबोक्ने भएकाले पार्टीभित्र कसैले अधिनायकवाद लाद्न खोजे त्यो नचल्ने बताए । उनले पार्टीभित्र विधि विधान, मूल्य मान्यता सबै मुल व्यक्तिबाट नै उल्लघंन भइरहेको बताए ।
नेता नेपालले भने, ‘म कुनै पनि कुराबाट पछाडि हट्ने पक्षमा छैन । म खुट्टा कमाउने पक्षमा छैन । समयको नाडी हामी छामिरहेका छौं, समय आएपछि ठ्याक्क कदम चाल्छौं ।’
नेपालले नेपाली काँग्रेस र जसपाको दया र कृपा रहुञ्जेल ओली सरकार टिकिरहने समेत बताउन भ्याएका हुन् ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक