काठमाडौँ : नेकपा एमाले खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । दिउँसो तीन बजे बस्ने बैठकमा समानान्तर कमिटीलाई कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुनेछ । यसअघि हिजो पनि बैठक बसेको थियो ।
आजको बैठकमा औपचारिक निर्णय हुने नेताहरुको भनाइ छ । नयाँ कार्यकर्ता भेला र देशभर समानान्तर कमिटी घोषणाका लागि आजको बैठकले ठोस निर्णय गर्ने नेताहरुले बताएका छन् ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेपछि माधव नेपाल, भीम रावल लगायतका नेताहरुले समानान्तर कमिटी बनाउन सुरु गरेका छन् ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक