Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

२८ वर्षमा वर्षा, राजसँग प्रेम चर्चा !

२८ वर्षमा वर्षा, राजसँग प्रेम चर्चा !


२८ वर्षमा वर्षा, राजसँग प्रेम चर्चा !
अभिनेत्री वर्षा सिवाकोटी अभिनयभन्दा प्रेम सम्बन्धका कारण बढी चर्चामा रहने गरेकी छन् । प्रेम अंकुराएको १७ महिनामा सविनजंग थापासँग ब्रेकअप गरेकी उनको यतिबेला अभिनेता तथा चलचित्र विकास बोर्डका सदस्य राज कटुवालसँग नाम जोडिएको छ । ५ महिनादेखि उनीहरु एकअर्काको प्रेममा रहेको चर्चा छ । यो जोडीले यसपालीको होली साथमै मनाएका थिए ।
 
होलीमा पूजा शर्मा र आकाश श्रेष्ठसँग राजधानीका विभिन्न ठाउँ चहारेका वर्षा र राजले अन्तर्वार्ता समेत दिन भ्याए । जसमा उनीहरुले एकअर्काको प्रशंसामा भरपूर शब्द खर्चिएका छन् । राजले वर्षाको नराम्रो भन्ने केही कुरा नै नभएको बताएका थिए । वर्षाले पनि राजको हाँसी रहने बानी मनपर्ने बताएकी थिइन् । तर, उनीहरुले प्रेम स्वीकार गरेनन् । साथी मात्र रहेको बताए ।
 
राज र वर्षालाई मिलाउने काम अभिनेत्री पूजा शर्माले गरेकी हुन् । उनी दुवैसँग निकै नजिक छिन् । खासमा राज र निर्देशक सुदर्शन थापा एक समयका विजनेश पार्टनर हुन् । सुदर्शनसँगको हिमचिमको बखत राजको पूजासँग पनि बलियो मित्रता बनेको थियो । त्यस्तै, सविनसँँग ब्रेकअप भएपछि वर्षा पूजासँग नजिकिएकी थिइन् । यसैक्रममा उनको राजसँग पनि दोस्ती भएको हो । 
 
उनै, वर्षा मंगलवारबाट २८ वर्षमा प्रवेश गरेकी छन् । मध्यरातबाटै उनलाई सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना दिनेको ओइरो लागेको छ । नयाँ नयाँ माया बसेको प्रिय मान्छेबाट उनलाई ‘बर्थडे विस’ नहुने त कुरै आएन । राजले फेसबुकमा वर्षासँगको एक तस्विर साझेदार गर्दै उनलाई जन्मदिनको शुभकामना दिएका छन् । तस्विरले पनि उनीहरुबीचको निकटता झल्काउँछ ।
 

कामना न्यूज

  • मंगलवार, चैत्र २४ २०७७०३:०१:०५
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ