Logo

मंगलवार, भाद्र ९ गते २०८३

कर्णाली प्रदेश, एमालेका तीन मन्त्रीले दिए राजीनामा

कर्णाली प्रदेश, एमालेका तीन मन्त्रीले दिए राजीनामा


कर्णाली प्रदेश, एमालेका तीन मन्त्रीले दिए राजीनामा

काठमाडौँनेकपा एमालेबाट कर्णाली प्रदेश सरकारमा सहभागी तीन जना मन्त्रीले राजीनामा दिएका छन् । अर्थमन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दलबहादुर रावल, र उद्योग, वन तथा पर्यटनमन्त्री नन्दसिंह बुढाले मंगलबार मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

राजीनामा पत्र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई बुझाएपछि उनीहरूले पत्रकार सम्मेलन गरेर सरकारबाट बाहिरिएको घोषणा गरेका थिए । आइतबार बसेको एमाले कर्णाली प्रदेशको संसदीय दलको बैठकले सरकारबाट समर्थन फिर्ता लिएसँगै आफ्नो पार्टीबाट मन्त्री बनेकालाई राजीनामा दिन निर्देशन दिएको थियो ।

सोही निर्णयअनुसार एमालेबाट मन्त्री बनेका तीनै जनाले राजीनामा दिएका हुन् । एमालेको समर्थन फिर्ता भएपछि कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीको सरकार स्पष्ट रूपमा अल्पमतमा परेको छ । १३ जना मात्रै सांसद रहेको माओवादी केन्द्रसँग बहुमत छैन ।

४० सांसद रहेको कर्णाली प्रदेशसभामा सरकारलाई बहुमतका लागि २१ जना सांसदको समर्थन चाहिन्छ । तर २० जना सांसद रहेको एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार ढल्ने अवस्थामा पुगेको छ । 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक