Logo

मंगलवार, भाद्र ९ गते २०८३

अलोकतान्त्रिक सरकारलाई ठेगान लगाउने अन्तिम तयारीमा छु :प्रचण्ड

अलोकतान्त्रिक सरकारलाई ठेगान लगाउने अन्तिम तयारीमा छु :प्रचण्ड


अलोकतान्त्रिक सरकारलाई ठेगान लगाउने अन्तिम तयारीमा छु :प्रचण्ड

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज राजनीतिक दलका नेताहरुसँग गम्भीर वार्ता हुने बताएका छन् । चितवनको माडीमा नगरपालिकास्तरीय वाइसीएल भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशको राजनीतिक अवस्था असहजतर्फ अघि बढेको भन्दै उनले त्यसलाई परास्त पार्न दलका नेताहरुसँग वार्ता हुन लागेको बताए । 

‘देशको राजनीतिक असहज र अस्वभाविक ढंगले अघि बढेको छ । संघीय गणतनन्त्रमाथि हमला गर्ने प्रयास भएको छ । विभिन्न प्रतिक्रियावादी केन्द्रहरु  दुष्साहस गरिरहेका छन्,’  दाहालले भने । 

उनले आफू अहिले केपी ओली नेतृत्वको सरकार ढाल्न प्रयास गरिरहेको पनि बताए । ‘अब एकछिन पछि म काठमाडौँ फर्किएर दलका नेताहरुसँग छलफल गर्दैछु,’ उनले भने, ‘अलोकतान्त्रिक सरकारलाई ठेगान लगाउने अन्तिम तयारी गर्दैछु । कर्णालीमा के गर्याैँ हामीले देखिहाल्यौँ । गण्डकीमा, लुम्बिनीमा के हालत हुँदैछ देखिएकै छ ।केन्द्रमा नै के हुन्छ केही दिनमा थाहा भइहाल्छ ।’ उनले केपी ओली नेतृत्वको सरकार पतन भएपछि नयाँ युग सुरु हुने दाबी गरे ।   

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक