Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

लयमा नफर्किँदै बन्द भए सिनेमा हल

लयमा नफर्किँदै बन्द भए सिनेमा हल


लयमा नफर्किँदै बन्द भए सिनेमा हल

काठमाडौं । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले वैशाख मसान्तसम्म सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । आज (सोमबार) विहान बसेको मन्त्रिपरिषद् बैठकले सिनेमा हलसहित भिडभाड हुने सम्पूर्ण क्षेत्र बन्द गर्ने निर्णय गरेको हो । 

१० महिना बन्द भएर पुस २६ गतेदेखि ५० प्रतिशत अकुपेन्सीमा सञ्चालनमा आएका हल पुन बन्द भएका हुन् । पुस २६ यता चारवटा नेपाली चलचित्र रिलिज भए पनि ती चलचित्रले दर्शक तान्न सकेका थिएनन् । ठूलो ब्यानरले चलचित्र रिलिज नगर्दा र बलिउडबाट प्रतिक्षित चलचित्र नआउँदा दर्शक हल गएका थिएनन् । 

ठूलो ब्यानरका नयाँ चलचित्र लगाउँदा दर्शक हलसम्म आउँछन् अथवा आउँदैनन् भन्ने निश्चित नहुँदा ठूलो लगानीमा निर्माण भएका चलचित्र रिलिज नै भएका थिएनन् । 

सरकारले लगानी सुरक्षित गर्ने आकर्षक कार्ययोजना तथा सहयोग नल्याएको भन्दै निर्माताहरु करोडौं रुपैयाँ जोखिम मोल्न नसकिनेभन्दै हल रिलिजमा गएका थिएनन् । 

 

कामना न्यूज

  • सोमवार, बैशाख ६ २०७८०४:५८:०४
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ