Logo

बुधवार, भाद्र १० गते २०८३

ओलीले तर्साउँदैमा कोही तर्सिनेवाला छैन:झलनाथ खनाल

ओलीले तर्साउँदैमा कोही तर्सिनेवाला छैन:झलनाथ खनाल


ओलीले तर्साउँदैमा कोही तर्सिनेवाला छैन:झलनाथ खनाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले कारबाहीको डण्डा देखाएर पार्टी र मुलुकलाई शासित गर्न खोजेको आरोप लगाएका छन् । केन्द्रीय कमिटी बैठकको निष्कर्षअनुरूप दुई दिनभित्र स्पष्टीकरण बुझाउन भनिएपछि आक्रोशित बनेका वरिष्ठ नेता खनालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारिताको सीमा नाघेको बताए ।

“हामी सुरुदेखि नै पार्टी एकताको पक्षमा छौँ । उनले (ओलीले) नै पार्टी अध्यक्षको दुरुपयोग गरेर जथाभावी गरिराख्नुभएको छ,” उनले भने, “पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिन्छौँ । हामी पार्टी एकताकै पक्षमा छौँ ।”

उनले नेताहरूलाई स्पष्टीकरण सोध्ने कृत्य पार्टीलाई विभाजन गर्ने, विघटन गर्ने मनशायबाट प्रेरित भएको पनि टिप्पणी गरे ।

“अनुशासनको कारबाही गर्नु तर्साउने कुरा हो । ओलीले तर्साउँदैमा कोही तर्सिनेवाला छैन । पार्टीमा सबैको योगदान छ । कोही पार्टी आन्दोलन छाडेर भाग्नेवाला पनि छैन,” उनको भनाइ थियो ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण