काठमाडौं । नेकपा एमाले विभाजनको सम्मुखमा पुगिरहेका बेलाअध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ ।
करिब दुई घण्टा भेटवार्ता सकेर दुवै नेता मेरियट होटलबाट बाहिरिएका छन् । होटल परिसरमा रहेका प्रधानमन्त्री ओलीका विशेष आर्थिक सल्लाहकार मोती दुगडले दुवै नेता प्रफुल्ल मुद्रामा बाहिरिहएको बताएका छन् ।
भेटवार्तामा के के विषयमा छलफल भयो भन्ने खुल्न सकेको छैन् । तर छलफल सकारात्मक भएको आफुले महशुस गरेको दुगडले संचारकर्मीहरुलाई प्रतिक्रिया दिएका छन् ।अर्थमन्त्री विष्णु पौडेल समेत केहीबेर वार्तामा सहभागी भएका थिए । पौडेल निस्केपछि ओली र नेता नेपालबीच एक्ला एक्लै वार्ता भएको थियो ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक